गल्याङ जेसिजद्वारा पत्रकारहरु सम्मानित,देश गम्भीर सङ्कट्मा फसेको सासद पाण्डेको भनाइ

22
SHARES
182
VIEWS

बैशाख ६,स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको गल्याङ जेसिजले आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान ,क्यालेन्डर विमोचन एवम् स्याङ्जा जिल्लाका नव निर्वाचित पत्रकार पदाधिकारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथी रहेका प्रतिनिधि सभा सासद मोहन प्रसाद पाण्डेले देश गम्भीर संकटमा फसेको बताउनु भएको हो ।देश चलाउने प्रधानमन्त्री विधि र विधान विपरित हिड्न खोजेपछि गम्भीर सकट देखा परेको उनको भनाइ थियो ।

कार्यक्रममा सविधानसभा सदस्य राजु थापाले संविधान विपरित सरकारले काम गर्न थाले पछि विपि कोइरालाले भनेझै सुकिलामुकिलाको हाबी हुन्छ,फेरि एक पट्क जनताले आवाज उठाउनु पर्छ भन्नुभएको थियो आज देशमा केपि ओलिको विरुद्धमा सडक आन्दोलन गर्नुपर्ने वेला आएको बताउनुभयो ।कार्यक्रम समाजसेवी खुमा प्रसाद अर्यालले युवाहरु उधमी बन्नुपर्ने भनाइ व्यक्त गर्नु भएको थियो ।

नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ नेपालि काङ्ग्रेस ।महिला विभाग केन्द्रिय सदस्य खगिसरा भण्डारी ,उधोग वाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराई लायन्स क्लब अफ गल्याङ सिटिका २०२१ का अध्यक्ष किसान श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

स्याङ्जा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी सम्मानित गरेकोमा निवर्तमान स्याङ्जा महासंघका अध्यक्ष ओमप्रकाश शर्माले गल्याङ जेसिज परिवार प्रति धन्यवाद दिनु भएको थियो ।कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिती सदस्य लक्ष्मिकान्त रेग्मी ,नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती देव बहादुर खाण (इस्वर),चापाकोट नगर उप प्रमुख बिमला श्रेष्ठ गल्याङ नगरपालिका वडा न.१० का वडा अध्यक्ष धुर्व शर्मा पङेनी ,नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष भरत लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

गल्याङ जेसिज वर्ष २०२१ का अध्यक्ष गोपीकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष प्रतिमा भट्टराईले धन्यवाद मन्तव्य उपाध्यक्ष हेमा न्यौपाने र कार्यक्रम सन्चालन महासचिव ऋषि वस्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार