वैशाख -८
पाल्पामा आज बिहान भएको टिप्पर दुर्घटनामा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ५ सुर्काबास स्थित गोठादी-सुनवल कच्ची सडक खण्डमा चुनढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको खाली टिप्पर सडक देखि १०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो।
दुर्घटनामा परि टिप्पर चालक सल्यानका ३७ वर्षिय भोला राम बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।दुर्घटना पश्चात् जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोलि घटना स्थलमा पुगेर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post