पाल्पामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

24
SHARES
197
VIEWS

वैशाख -११
पाल्पामा हिजो राति ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले किचेर मृत्यु हुनेमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका टेक बहादुर जर्घा मगर रहेका छन् । निस्दी गाउँपालिका वडा नम्बर ५ ढुङ्गाबेशीमा बेलौचीबाट ढुङ्गाना बेशीतर्फ आउदै गरेको लु ४ त ६९८१ नम्बरको खाली ट्याक्टरबाट खसेका जर्घा मगरलाई सोही ट्याक्टरको पछाडिको ट्याक्टरले किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यलय रामपुर पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोलि घटना स्थलमा पुगेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार