स्याङ्जामा आगोमा जलेर एक जना महिलाको मृत्यु

55
SHARES
459
VIEWS

वैशाख -१२ स्याङ्जामा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर १ बस्ने ७२ वर्षीया टीका कुमारी तिवारीको आज दिउँसो करिब २ बजेको समयमा आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वडा नम्बर १ अर्घौदीमा वर्तवन्दको निमन्त्रणामा गएर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको आगोबाटो भएर हिडिरहेको अवस्थामा आगोको मुस्लोमा परि जलेर तिवारीको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धान पश्चात् शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको प्रहरीले जनाएको छ।घटनाका सम्बन्धथप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार