वैशाख -१७
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री जन जागृति युवा क्लबले कोरोना कहरको दोस्रो लहरको बिच वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।
गाउँपालिका र स्थानीय बासिन्दाको आर्थिक सहयोगमा निर्माण गरिएको छापडाँडा खेल मैदान सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरिएको भलिबल प्रतियोगितामा आयोजक सहित ३० समूहले सहभागिता जनाएका थिए।
जिल्ला भन्दा बाहिरका समूहलाई भने कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै सहभागी नगराइएको क्लबले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल चलिरहेको समयमा मौसम प्रतिकुल भएका कारण कालिका क्लब पिउघा र मौला देवी क्लब दब्छेलाई प्रथम र द्वितीय पुरस्कारबाट प्राप्त हुन आउने रकम रु ७५,००० बराबर रूपमा वितरण गरिएको थियो।
यस्तै गरि प्रतियोगितामा जन ज्योति क्लब देउरालीले तृतीय र जनसेवा समिती माथिल्लो थर लसर्घाले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो। तृतीय स्थान हासिल गर्न सफल जनज्योति क्लब देउरालीलाई रु १२,००० ट्रफी
र प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना स्थान हासिल गर्न सफल जनसेवा समिति माथिल्लो थर लसर्घालाई रु ५,००० र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो।
Discussion about this post