गाँउ घरको हरियाली बसाई: मकै छर्नेको चटारो, मौसमले कृषक खुसी

35
SHARES
289
VIEWS

सुमन ढकाल
वैशाख -२१,
स्याङ्जा -कृषकहरु खास गरी कृषिमा रमाउने गर्ने गर्छन् । यसै त गाँउ घरको जिवन सरल र आनन्दमय हुन्छ। नत गर्मी न जाडो ठाउँ-ठाउँमा खुलेको फरक मौसमले गर्दा कृषकहरु निकै खुसी हुने गरेको पाईन्छ।

उकालो-ओरालो अनि भञ्ज्याङ् चौपरी डाँडाकाडाले भरिएको गाउँको वातावरण छ्याङग हरियाली देखिन्छ।

कृषकहरु आफ्नो अन्न बाली उब्जाउने संगै खेतीपातीको काममा मन लोभिदा मन भिन्न प्रकारले हर्षित हुने गरेको देख्न सकिन्छ।

यतिबेला देशको धेरै ठाँउमा कोरोना संक्रमण देखिदै आएको छ। यसैकारण धेरै मानिस शहर छोडेर गाउँ फर्किएका छन्।

छिमेकी देश भारतमा संक्रमण दर उच्च रहेकाले नेपाललाई पनि क्षति गरिरहेको हामीले जानकारी पाईरहेका छौ। त्यही जोखिमका कारण नेपाल सरकारले पनि देशका बिभिन्न ठाँउमा लकडाउन लगाएको छ। हामी गाउँ घरमा सुरक्षित हुन्छौ भन्दै यात्रुहरु गाउँ फर्कन बाध्य छन्।

यस्तो पनि भन्ने गरिन्छ:
पिटे पनि आमै जाति
पोले पनि घामै जाति
दु:ख पर्दा गाँमै जाति
हो दु:ख पर्दा गाउँ धेरै प्यारो हुने गर्छ र गाँउको सुन्दरता र हरियालीमा बसेर एक छाकको भोकले कति मिठो गरि पेट भरिन्छ त्यो मानिसले भोग्दै आएको कुरा हो। यतिबेला गाउँ घरमा मकै छर्नेको चटारो बढेको छ। बैशाखबाट जेठ सम्म कृषकहरु मकै छर्ने गर्छन् र भदौसम्म उब्जाएर फलाएर खाने गर्छन्।

यस्तै स्याङ्जाको कालीगण्डकीमा पनि मकै छर्नेको भ्याई नभ्याई छ। खडेरी लाग्ने बेला वैशाख जेठमा गाउँघरमा पानीको धेरै खाचो हुने गर्छ फलाउने बेलामा पानीको समस्या हुने गर्दथ्यो भने अहिलेको महिना भने कृषकलाई केही दिनको पानीले भने मिछ्याएको छ। केही समयको पानीले खुसी तुल्याउछ भने धेरै समय आएको पानीले हैरान बनाउछ साथै पहिरो जाने बगाउनेको पनि जोखिम रहन्छ।

यो महिना लगातार २ दिन मौसम बदलिएसंगै मेघ गर्जन असिना सहित पानी परेको थियो। चिसो मौसम र सिमसिम पनी पर्दा खासै मौसम राम्रो संग खुल्न भने सकेको छैन केही छिन घाम र केही छिन पानी परेजस्तो गर्दा बिहान बेलुका चिसो हुने गरेको महसुस गर्दै आएको पाइएको छ।
गाँउ घरको वातावरणीय क्षणिक समय हैन जिन्दगी भरनै रमाउने र रम्ने गराईरहेको हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार