वैशाख २२
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का जना घाइते भएका छन् ।
बुधबार बेलुका ६:२५ बजेको समयमा रम्भा गाउँपालिका गाउँपालिका वडा नम्बर ३ पिपल डाँडा स्थित कालीगण्डकी गण्डकी करिडोरबाट पिपलडाँडा तर्फ ढुङ्गा लिएर जादै गरेको लु ३ त ६८९९ नम्बरको ट्याक्टर अचानक सडक देखि १०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो।
जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नम्बर ६ बस्ने २२ वर्षका जीवन न्यौपाने रहेका छन् भने घाइते हुनेमा रम्भादेवी गाउँपलिका वडा नम्बर ३ का ४० वर्षका हरि बस्याल रहेका छन् ।
घाइते बस्याललाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ।
दुर्घटना पश्चात् ट्याक्टर चालक फरार रहेको र उनको खोजतलास भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post