स्याङ्जामा प्रहरीद्वारा ५ थान भरुवा बन्दुक बरामद

56
SHARES
464
VIEWS

वैशाख -२३
स्याङ्जामा प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ।

ईलाका प्रहरी कार्यलय चिसापानी स्याङ्जाबाट गस्तीमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले गत १७ गते दिउँसो १ बजेको समयमा हरिनाश गाउँपालिका वडा नम्बर ३ कुसनडाँडा जङ्गलमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक र सोही स्थानमा १९ गते २ थान एक नाले भरुवा बन्दुक गरि ५ थान भरुवा बन्दुक फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

भरुवा बन्दकहरुलाई ईलाका प्रहरी कार्यलय चिसापानीमा राखिएको र अओ सम्बन्धमा प्रारम्भिक अनुसन्धान कार्य भैरहेको प्रहरीलेजनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार