जनहितमाविको नौ कोठे भवन निर्माणले तीव्रता पाउदै

54
SHARES
446
VIEWS

सुमन ढकाल,
वैशाख-२४ स्याङ्जा
शिक्षा एक राष्ट्रिय जगतका लागी नभई नहुने चिज हो। जहा शिक्षा हुँदैन त्यहाँ ज्ञान विवेकको कमि हुन्छ र अक्सर मानिसहरु पछाडी पर्दै जान्छन्। शिक्षा संग जोडिदा मानव जीवनमा ठुलो परिवर्तन आउने गरेको पाईन्छ।
भनिन्छ:
“शिक्षा नै मुल परिवर्तन हो”।

देश निर्माणका लागी महेनत ईच्छाशक्ति र शिक्षा निकै आवश्यक रहन्छ।

शिक्षा नै विकास निर्माणकालागि मूल आधार हो भन्ने तथ्यलाई आत्मसात गर्दै कालीगण्डकी गाउँपालिका वडा नम्बर ,१ मा रहेको जनहित मावि भौतिक रुपमा सुबिधा सम्पन्न बन्ने क्रममा रहेको छ।

शिक्षाका लागी व्यवस्थित हुँदै गरेको यो बिद्यालयको नौ -केठे भवन निर्माण कार्य तीब्र गतिमा अगाडि बढेको बिद्यालयका प्र.अ केशर बहादुर क्षेत्रीले बताउनुभयो। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ मा मावि सरहको यो नै एक मात्र बिद्यालय हो।

जहाँ बिद्यार्थीलाई नियमपुर्वक अध्ययन गराएर बिद्यार्थिको भविष्य उज्वल गराउदै अगाडि बढ्ने समेत क्षेत्रीले बताउनुभयो।

गुणस्तरिय शिक्षाका लागी पछाडि नहटी डटेर बिद्यार्थीको शैक्षिक स्तर उकास्न निकै पहल गरेको र गर्दै जाने समे प्र.अ. केशर बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

बिद्यालयको मुहार फेर्ने क्रममा नौकेठे भवनको लागत २ करोड ७४ लाख बजेट विनियोजन भएको छ। भवनको लागी साउदी फण्डबाट सहयोग जुटेको र गौरा कन्सट्रक्स प्रालिले सो भवनको निर्माणको जिम्मा पाएको छ।

बन्दै गरेको भवनलाई (नवनियुक्त)कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालद्वारा शिलन्यास गर्नु भएको थियो।

सिएलपिआईयु (CLPIU) Center Level Project Emplementation Unit यो केन्द्रले भवन निर्माणको अनुगमन गर्दै आएको छ भने निर्माणाधिन यो नौकोठे भवनलाई यहीँ आउदो साउन मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार