अक्सिजनको अभावमा कसैलाई मर्न नदिने नेकपा एमालेकाे उदघाेष- काेभिड सँक्रमण विरुद्धको अभियानमा जुरुक्कै उठ्याे एमाले

19
SHARES
162
VIEWS

कृष्ण अन्जान
रुरु
वैशाख -२६। नयाँ भेरियन्ट सहितको काेभिड सँक्रमण विरुद्ध नेकपा एमाले रुरुक्षेत्र गाउँ पालीकाले अाफ्नाे सम्पूर्ण सँयन्त्र परिचालन गरेकाे छ ।

नेकपा एमाले रुरुक्षेत्र गाउँ पालीका इन्चार्ज हिमाल श्रेष्ठले सँयन्त्र परिचालनकाे कमाण्ड सम्हाल्दै गाउँपालिका क्षेत्रमा अक्सिजन अौषधि रगत क्वारेन्टाइन अाइसाेलेसन र एम्बुलेन्सकाे कतै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।

अाइतवार अभियान रुरुक्षेत्र गाउँ पालिका वडा न १ बाट शुरु गरिएकाे छ ।रुरु प्राथमिक स्वास्थ केन्द्र र स्थानीय तहकाे पहलमा सँस्कृत विध्यापिठमा सन्चालित अाइसुलेसन सेन्टरका लागि अक्सिजन सिलिन्डर ठुलाे ८ थान , सानाे अक्सिजन सिलिन्डर ४ थान र ६ थान अक्सिमिटर इन्चार्ज श्रेष्ठले रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर विकास पन्थीलाई हस्तान्तरण गर्नु भयाे ।

पुर्ण सामाजिक दुरि का साथै स्वास्थ मापदण्ड अपनाएर गरिएकाे कार्यक्रममा बाेल्दै नेकपा एमाले गुल्मीका सचिवालय समेत रहनु भएका हिमाल श्रेष्ठले हामिले गाउँ पालिका भरिका स्वास्थ सँस्थाहरुमा अक्सिजन अाौषधि एम्बुलेन्स सेवा क्वारेन्टइन र अाइसाेलेसनकाे व्यवस्थापन गर्ने गरि अाफ्नाे अभियान शुरु गरेकाे बताउनु हुँदै अक्सिजनकाे अभावमा कसैलाई मर्न नदिने प्रतिवद्दता व्यक्त गर्नु भयाे ।

अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा अाफ्नाे धारणा राख्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहनु भएका पार्टीका वडा न १ सँयाेजक नवराज विक ले जनस्वास्थ्य प्रति जिम्मेवार रहँदै पार्टीको निर्देशन बमोजिम याे अभियान शुरु गरिएकाे र याे अभियानकाे शुरुवात रुरुक्षेत्र १ काे रिडीबाट गरिएकाेमा पार्टी प्रति धन्यवाउ ज्ञापन गर्नु भयाे ।

हस्तान्तरण कार्यक्रममा अाफ्ना धारणा राख्दै नेकपा एमाले रुरुक्षेत्र १ का सचिव चिरन्जिवी ज्ञवालीले बढ्दाे सँक्रमण र यसले पारेकाे प्रभाव प्रति सँवेदनशिल हुँदै पार्टीले अाफ्ना सवै सँयन्त्र परिचालन गर्नु पर्ने अवस्था अाएकाेले याे अभियान शुरुवात भएकाे बताउनु भयाे ।
अक्सिजन सिलिन्डर सहितका स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख विकास पन्थीले याे अभियानले काेभिड राेग सँग जुध्न र उपचारमा सजिलाे हुने भन्दै अभियान कर्मी हरु लाई धन्यवाद दिनु
भएकाे थियाे ।
काेभिड सँक्रमण बढ्न थाले पछि रुरुक्षेत्र गाउँपालिकामा काेभिड विरुद्ध नेकपा एमाले ले टिम नै बनाएर अभियान शुरु गरेकाे छ ।
टिमकाे सँयाेजक मा नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका इन्चार्ज हिमाल श्रेष्ठ हुनु हुन्छ भने सहसँयाेजकमा राेहित भण्डारी रहनु भएकाे छ ।

यसै गरि अभियान मातहत अन्तरगत
अक्सिजन व्यवस्थापन उप समितिमा नवराज विक अौषधि जन्य व्यवस्थापनमा चिरन्जिवी ज्ञवाली ,अस्पताल व्यवस्थापनमा प्रेम भण्डारी ,एम्बुलेन्स व्यवस्थापनमा शाेभित थापा,रगत व्यवस्थापनमा तारा सुवेदी ,क्वारेन्टाइन र अाइसाेलेसन व्यवस्थापनमा कृष्ण ज्ञवाली ,हेल्थ डेक्स व्यवस्थापनमा धना राना अलपत्र नागरिक व्यवस्थापनमा चुरामणि कँडेल ,ढुवानी व्यवस्थापनमा दामोदर भण्डारी र प्रेस सल्लाहकारमा पत्रकार कृष्ण अन्जान रहनु भएकाे छ ।
सिलिन्डरकाे सहयाेग शुसिल बर्णवाल र करणजित बर्णवालले गर्नु भएकाे छ भने अक्सिजनकाे सहयाेग बुटवल बाट अहेव बिक्रम कालिराजले गर्नु भएकाे छ ।

यसै गरि रिडीका युवा बिक्रम पाेख्रेलले खालि सिलिन्डर मा अक्सिजन भर्न सहयाेग गर्ने प्रतिबद्धता गर्नु भएकाे छ ।
अभियानका लागि अार्थिक सहयाेग हिमाल श्रेष्ठ ,नवराज विक चिरन्जिवी ज्ञवाली, प्रेम भण्डारी ,शाेभित थापा ,शैलेन्द्र दर्लामी,यमनारायण भण्डारी ,तारा सुवेदी ,रवि पन्त ,हुमनाथ ज्ञवाली ,कृष्ण ज्ञवाली ले गर्नु भएकाे छ ।
नयाँ भेरियन्ट सहितकाे काेराेना सँक्रमण विरुद्ध मानवियता देखाउने बेला नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका कमिटि सँगै रुरुक्षेत्र वडा कमिटिकाे याे अभियान वास्तवमै सह्राहनिय कार्य भएकाे र सबैले याे अभियानमा हातेमालो गर्न अावस्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार