बुध, असार ९, २०७८
बुध, असार ९, २०७८

शून्य रिडी बजार थलिँदै हाेटल व्यवसायी

कृष्ण अन्जान
रुरु -जेठ-१। पाेहार यिनै ताकाबाट काेभिड 19 काे सँक्रमण सँगै थलिएकाे गुल्मी जिल्लाकाे प्रवेश द्दार रिडी बजार उठ्ने प्रयास गर्दै गर्दा फेरि फर्किएकाे भेरिएन्ट सहितकाे काेभिडका कारण थलिएकाे छ ।
गुल्मी जिल्लाकाे प्रवेश द्दार सँगै बहुअायामिक धार्मिक र साँस्कृतिक विरासत बाेकेकाे रुरुधाम भित्रकाे रिडी बजारकाे सत्तरी प्रतिशत स्थानीय वासिन्दा हाेटल व्यसायमा निर्भर छन ।

मुख्यतया तानसेन रिडी तम्घास ,तानसेन बलकाेट , तानसेन बुर्तिबाँग चल्ने सवारीका साधन हरुमा अाउने यात्रु हरुले खाना नास्ता खाएर चलेका हाेटल व्यवसाय एक वर्ष देखि अत्यन्तै पिडामा रहेकाे रिडीबजारकाे पुरानाे हाेटल धन लज कि सन्चालिका धन राना बताउनु हुन्छ ।
बिचमा केही समय हाेटल व्यवसाय चल्छ कि जस्तो थियाे अब त ठप्पै भयाे यहाँका हाेटल व्यवसायी लाई जीविका चलाउन गाह्राे छ सरकारले राहतकाे व्यवस्था गर्नु पर्ने देखिन्छ राना भन्नु हुन्छ ।

वर्षै भरि जस्तो मेला लाग्ने रिडी बजारमा एक वर्ष देखि पर्व हरुमा मेला भर्न अाउनेकाे ताँति हुन्थ्यो ।माघेसक्रान्ति मेलामा हुने व्यापारले यहाँका हाेटल व्यवसायी हरुलाइ वर्ष भरि खान पुग्थ्यो तर गएकाे वर्ष देखि मेलै लागेकाे छैन ।
काेराेनाले सबै व्यापार लग्याे बरै रिडी बसपार्कमा नेवारी घर सन्चालन गर्दै अाउनु भएकी मिना श्रेष्ठले भन्नु भयाे ।
मेला पर्वमा छिटपुट छिमेकी गाउँका मान्छे अाउँछन घरैबाट पकाएर ल्याउँछन गण्डकी नुहाउँछन भगवानकाे दर्शन गर्छन घरबाट ल्याएकाे अर्नी गण्डकीकाे बगरमा बसेर खान्छन फर्किन्छन हाम्राँ खान अाउ भनेर लतार्न भएन मिना श्रेष्ठले भन्नु भयाे।

बाहिर बाट रुरुधाममा अाउने धर्मावलम्वि हरु रिजर्भ अाउने र फर्कने गरेका छन ।
यसक्षेत्रबाट गुड्ने सवारी र ढुवानीका साधन हरुपनि सिधै गन्तव्य मै जाने गरेपछि खाना र नास्ताकाे व्यापार पनि शून्य छ ।
नया भेरियन्ट सहितकाे काेभिडकाे त्रास भित्र यस क्षेत्रका हाेटल व्यवसायी अत्यधिक मारमा परेकाले राज्यले विशेष राहत कार्यक्रम लागू गर्नु पर्ने अवस्था सिर्जना भएकाे छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार