बिर्घाको करेन्डाँडामा कोरोना अस्पताल निर्माणका लागि अनलाइन छलफल कार्यक्रम सम्पन्न

70
SHARES
587
VIEWS

जेठ -१
स्याङ्जा (यम सोमै)- सामाजिक सञ्जाल फेसबुकमा संचालित फेसबुक समूह “हेल्लो बिर्घा”द्वारा आयोजित “बिर्घामा अस्पताल- समयमै उपचार” शिर्षकमा अनलाइन वेविनार शनिबार सम्पन्न भएको छ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि प्रभावित हुँदै गएको भन्दै बिर्घाको करेन्डाँडा स्वास्थ्य चौकीमा अक्सिजन सहितको कोरोना अस्पताल निर्माणका लागि उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो।

फेसबुक समूह हेल्लो बिर्घाका एड्मिन सुभाष भट्टराई र अनन्त पाण्डेको विशेष पहलामा आयोजित अनलाइन वेबिनारमा माननीय सांसद मोहन प्रसाद पाण्डे , कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर , रक्षा मन्त्रालयका सह सचिब टोक राज पाण्डे , डा. धन बहादुर राना मगर , कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालका स्वाकिय सचिब बुद्ध घर्ती , वडा नम्बर ४ का वडा अध्यक्ष चक्रपाणि पाण्डे लगायत कालीगण्डकी गाउँपालिका स्थायी ठेगाना भइ हाल विभिन्न क्षेत्रमा कार्यरत प्रबुद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो। वेबीनारमा सहभागी सवैले अस्पताल सञ्चालन गर्न लाग्नु सराहनीय कार्य भएको बताउनुका साथै सो कार्यलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कोरोना संक्रमणका कारण जो कोहिले पनि उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर बिर्घा स्वास्थ्य चौकीका प्रमुख राज कुमार थापाद्वारा अक्सिजन सहितको अस्पताल निर्माणका लागि प्रस्ताव गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै माननीय सांसद मोहन प्रसाद पाण्डेले अस्पताल सञ्चालन तथा अन्य स्वास्थ्य केन्द्रका लागि रु एक लाख प्रदान गर्ने घोषणा गर्नु भएको थियो।

सांसद पदबाट आफुलाई प्राप्त हुने तलब-भक्ता आफुले यस्तै किसिमका सामाजिक कार्यमा खर्च गर्दै आएको बताउनु हुँदै सांसद पाण्डेले अस्पताल सञ्चालन गर्नु आफैमा एक स्वागतयोग्य कार्य रहेको बताउनुभयो ।

कार्यक्रमको दौरानमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले पालिकाको तर्फबाट अस्पताल निर्माणका लागि सक्दो सहयोग गर्ने जनाउनु भयो। कोरोना संक्रमणसंग जुध्नका लागि बिर्घा स्वास्थ्य चौकी संगै छाप , कारीकोट चण्डी भञ्ज्याङ् र कोटाकोट स्वास्थ्य चौकीमा समेत कोरोना संक्रमितका लागि उपचार सेवा विस्तार गरिने अध्यक्ष थापा मगरले जानकारी दिनु भयो।

अस्पताल सञ्चालनका लागि प्राबिधिक पक्षहरुको बारेमा डा. धन बहादुर राना मगरले आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो।

हाल कोरोना संक्रमणका कारण पालिकाको बजेट खर्च हुन नसकेको अवस्थामा सो रकम अस्पताल निर्माणमा खर्च गर्नु पर्ने अधिकांश बक्ताहरुले जोड दिएका थिए । सोही कार्यक्रममार्फत कार्य समिति गठन गरि तुरुन्तै अस्पताल निर्माण कार्य अगाडि बढाउन निष्कर्ष निकालिएको थियो। अस्पताल निर्माणमा सहयोग गर्ने व्यक्तिहरुको विवरण हेल्लो बिर्घा टिमले छिट्टै सार्वजनिक गर्ने हेल्लो बिर्घाका एड्मिन तथा वेबिनारका संचालक अनन्त पाण्डे जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार