जेठ -२
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज एकै पटक ३८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हरुको पिसिआर र एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका क्रममा आज अहिले सम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
कालीगण्डकी गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज संक्रमणको पुष्टि हुनेहरुमा वडा नम्बर ५ का २३ जना र वडा नम्बर ६ का ६ जना रहेका छन् । उनिहरु सवैको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो।
यस्तै अन्य संक्रमित हुनेहरुमा वडा नम्बर ७ का दुई जना , वडा नम्बर ६ का ६ जना , र वडा नम्बर २ का एक जना रहेका छन् । संक्रमित हरुमध्ये ९ जनाको कालीगण्डकी अस्पताल , श्री कृष्ण गण्डकी स्वास्थ्य चौकी र आलम देवी स्वास्थ्य चौकीमा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको कालीगण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले जानकारी दिनु भयो।
हाल कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ र ३ भने संक्रमण शुन्य रहेको छ। आज थप ३८ जना गरि कालीगण्डकी गाउँपलिकामा कोरोना संक्रमितको सङ्ख्या ११५ पुगेको छ।
रोग लुकाउने र स्वास्थ्य मापदण्डका नियमहरु पालना नगर्ने प्रबृत्ति स्थानीय जनतामा देखिएकोले कोरोना संक्रमणको जोखिम थप बढेर गएको देखिन्छ । दोस्रो लहरको कोरोना संक्रमण पश्चात् कालीगण्डकी गाउपालिकामा कोरोना संक्रमणका कारण मृत्युु हुनेको सङ्ख्या ३ पुगेको छ।
Discussion about this post