काेभिड सँक्रमण फैलिन नदिन रुरुक्षेत्रमा प्रहरीले गर्याे थप कडाइ

42
SHARES
348
VIEWS

कृष्ण अन्जान
रुरु जेठ -३। नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण समुदायमा फैलिन नदिन इलाका प्रहरी कार्यलय रिडीले अफ्नाे अभियानमा कडाइ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय रिडीले अाफ्नाे कार्यक्षेत्र भित्रका बजार गाउँ टाेल हरुमा हिँडडुल मा कडाइ गर्दै अाम जन समुदायलाइ घर भित्र रहन आग्रह गरेकाे छ ।
बजार क्षेत्रमा दैनिक उपभाेग्य सामाग्री बेचबिखन गर्न सरकारले लागु गरेकाे स्वास्थ मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने र सर्वसाधारण हरुलाई पनि अावस्यक काम वाहेक हिँडडुल गरेकाे पाइए कारवाहि समेत गरिने बताइएको छ ।

हाम्राे अभिष्ट भनेकाे समुदायमा नयाँ भेरियन्ट सहितकाे काेभिड नफैलियाेस सबै शुरक्षित रहुन भन्ने हाे यसका लागि प्रहरी सजग र कृयाशिल छ इलाका प्रहरी कार्यालय रिडीका प्रमुख समेत रहनु भएका प्रहरी निरिक्षक शुभराज बमले भन्नु भयाे ।

हामीले हाम्रो सम्पूर्ण सँयन्त्र काेभिडबाट बच्न र बचाउन लगाएका छौँ सामाजिक सचेतना सँगै स्थानिय स्तरमा निरन्तर अनुगमन गस्ती सँगै मास्क बितरणलाइ पनि प्रभावकारी रुपमा सन्चालन गरेका छौँ काेभिडकै क्षेत्रमा अनुभव सँगाल्नु भएका प्रहरी निरिक्षक बमले भन्नु भयाे
यस्तो विषम परिस्थितिमा समुदाय अाफै सजग रहनु पर्ने जथाभावि हिँडडुल गर्न नहुने सावन पानीले हात धुने सेनिटाइजर काे प्रयाेग सँगै मास्ककाे प्रयाेग गर्नु पर्ने निरिक्षक बमले बताउनु भयाे ।

पवित्र रुरुधामकाे रिडीबजार गुल्मी बाग्लुङ अर्घाखाँचिकाे प्रवेश द्दार भएका कारण पनि यश क्षेत्रमा अाउने सवारी र ढुवानीका साधन हरुकाे चेक जाँचमा समेत कडाइ गरिएकाे छ ।

इलाका प्रहरी कार्यालयले रुरुक्षेत्र गाउँ पालिकाले स्वास्थ शाखाले स्थापना गरेकाे हेल्थ डेक्स सँग सहकार्य गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार