यम सोमै
जेठ-३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रममा रहेको छ। पालिकाले आज अपडेट गरेको अद्यावधिक विवरण अनुसार आज एकैपटक ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने हिजो जारी गरेको अपडेटमा ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।
यो तथ्यांकले कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह रहेको देखिन्छ। आखिर के कारणले यसरी कोरोना संक्रमितको सङ्ख्या दैनिक तिव्ररुपमा बढिरहेको छ त?
यस्को प्रमुख कारण कालीगण्डकी गाउँपालिकाले एन्टिजेन र पिसिआर परिक्षणको दायरालाई बढाएको छ। जसबाट लक्षण सहितका व्यक्ति र कन्ट्याक्ट् ट्रेसिङमा परेका हरुलाई परिक्षणको दायरामा ल्याइएको छ। जस्ले गर्दा रोग लुकाउने प्रवृत्ति घटेर गएको देख्न पाइन्छ ।
अर्को मुख्य कारण भनेको संक्रमणको जोखिम हुँदा हुँदै पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्नु देखिएको छ। दोस्रो लहरको कोरोना संक्रमण सुर भए पश्चात् कालीगण्डकी गाउँपालिकामा बिबाह , भोज भतेर, ब्रतबन्ध तथा चौरासी पुजा जस्ता कार्यक्रमहरु नरोकिनु पनि अहिलेको स्थितिको प्रमुख कारण हो। जसबाट कोरोना संक्रमण समुदाय स्तरमा भुसको आगो झै फैलिएको देखिन्छ।
के गर्नु पर्छ त नियन्त्रणका लागि ?
कालीगण्डकी गाउँपालिकामा देखा परेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिका भित्रका शिक्षकहरूलाई सूचना प्रबाह गर्ने कार्यमा खटाउने पालिकाले निर्णय गरेको छ। पालिकाको यो कदमले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सघाउ पुग्ने अपेक्षा गरिएको छ।
कालीगण्डकी गाउँपालिकाको बढी जनघनत्वको रहेको स्थानमा कम्तीमा पनि १० सिल गर्नु पर्छ। प्रहरी प्रशासनको सहयोगले निषेधाज्ञालाई थप कडाइ गर्नु पर्छ। जुवातास र जमघट हुने कार्यलाई तुरुन्त कानुनी दायरामा ल्याउनु पर्ने देखिन्छ । यस्का लागि वडा अध्यक्ष र अन्य वडा सदस्यहरुलाई जागरुक गराउने पर्ने देखिन्छ । आशा गरौं कालीगण्डकी गाउँपालिकाले कोरोना महामारीलाई परास्त गर्ने छ।
Discussion about this post