जेठ -१०
स्याङ्जाका थप ६ जना कोरोना संक्रमितको मृत्युु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका मृत्यु हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर २ का ४४ वर्षीय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय पुरुष , वालिङ नगरपालिका वडा नम्बर ६ कि ५४ वर्षीया महिला र ४२ वर्षकि महिला ,गल्याङ नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुष र विरुवा गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय पुरुष रहेका छन्।
यस्तै गरि स्याङ्जामा थप ८८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हरु मध्ये ३७ जना महिला र ५१ जना पुरुष रहेका छन् ।
Discussion about this post