नेपालमा ७ हजार ४२५ जना संक्रमित थपिए

20
SHARES
168
VIEWS

जेठ १०। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जना कोभिड -१९ का संक्रमित थपिएका छन् । यो सँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार ७ हजार १ सय ३५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ३ लाख ९८ हजार ४ सय ८३ कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार