राधा पोख्रेल
तम्घास,जेठ १३- गुल्मीमा पछिल्लो २४ घण्टामा ८३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।कालीगण्डकी गाउपालीकामा ४० जना,इस्मा गाउपालीकामा २८ जना,मदाने गाउपालीकामा १६ जना र छत्रकोट गाउपालीकामा १ जना गरि ८३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४७ जना कोरोना संक्रमण मुक्त भएका छन ।
जिल्लामा सक्रिय संक्रमित ७८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । सत्यवति गाउपालीका वडा नम्बर ४ कि २१ वर्षिय महिला, सत्यवति गाउपालीका वडा नम्बर ६ का ५७ वर्षिय पुरुष, सत्यवति गाउपालीका वडा नम्बर २ की ६५ वर्षिय महिला, र रेसुंगा नगरपालीका वडा नम्बर २ का ८० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ७४ जनाले ज्यान गुमाएका छन् ।
Discussion about this post