जेठ -१३
स्याङ्जाको कालीगण्डकी गाउँपालिका दोस्रो लहरको कोरोनाले प्रभावित बनेको छ। पालिकाको प्रत्येक वडाहरुमा कोरोना संक्रमण देखिएको कारण गाउँ-टोलहरुले थप जोखिम न्यूनीकरणका लागि सिल गर्न थालेका छन् ।
यसै क्रममा आज वडा नम्बर १ छापडाँडामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भए पश्चात् टोल बासी र श्री जनजागृती युवा क्लबको बैठकले एक साताका लागि टोल सिल गर्ने निर्णय गरेको हो।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोभिलाल चौतारेका अनुसार आज वडा नम्बर १ मा ११ जनमा कोरोना संक्रमणको पुष्टि भएको छ। जस मध्ये ३ जना छापडाडाका रहेकोले ७ दिन सम्मका लागि गाउँ सिल गर्न आफुले आग्रह गरेको वडा अध्यक्ष सोभिलाल चौतारेले बाताउनु भयो। वडाका अन्य गाउँ हरुमा पनि पिसिआर बिधिबाट परिक्षण गर्दा संक्रमण देखिएकोले वडा नै सिल गर्नु पर्ने अवस्था आएको वडा अध्यक्ष चौतारेले बताउनु भयो ।
अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिडडुल गर्न , जमघट गर्न तथा भिडभाड हुने कार्य एक साताको लागि निषेध गरिएको श्री जनजागृती क्लबका सचिब किसान रानाले जानकारी दिनु भयो।
Discussion about this post