जेठ -१४
स्याङ्जामा जेठ २५ गते सम्मका लागि लकडाउनको अवधि थपिएको छ। जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आज दिउँसो एक सूचना जारी गर्दै लकडाउनको अवधि जेठ २५ गते सम्म थप गरेको हो।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन जारी गरेको सूचनामा उल्लेख गरिएको छ। जिल्लामा संचालित बिकास निर्माणका आयोजना भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन गर्न पाउने भएका छन् ।
जेठ १५ गते राती १३ बजे बाट लागू भइ जेठ २५ गते राती १२ बजे लकडाउनको समय अवधि सकिने छ । स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या घट्नेदर नदेखिएकोले २५ गते पछि पनो थप लकडाउनको समय थप हुने प्रायः निश्चिति रहेको छ।
Discussion about this post