कालीगण्डकी गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु

63
SHARES
527
VIEWS

जेठ -१९। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिला रहेकी छिन् ।

संक्रमित महिलामा १८ गते कोरोना संक्रमणको पुष्टि भएकोमा उपचारका क्रममा सोही दिन कालीगण्डकी अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थप एक जना गरि कालीगण्डकीमा कोरोना संक्रमितका कारण मृत्यु हुने सङ्ख्या ८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार