गुल्मीको कालीगण्डकी कृषि सहकारीद्वारा किसानलाई मलको व्यवस्था

23
SHARES
195
VIEWS

चुरामणि तिमिल्सिना
जेठ -२५। किसान बर्गहरुलाई सजिलो होस दुख कसैलाई नपरोस बेलैमा खेतबारिमा मल राख्न पाइयोसभन्ने उद्देशका साथ कालीगण्डकी कृषि सहकारी संस्थाले सत्यवती गाउँ लपालिका वडा नम्बर १ मा यो अभियान नै सञ्चालन गरेको छ। किसानहरुलाई टाढा जादा मल नपाइने पाइने भए पनि लामो समय लाग्ने भएकोले यस सहकारीले गाउँमा नै किसान बर्गहरुलाइ युरिया मल,डियपीमल र पोटास मल उपलब्ध गराइउदै आएको छ ।

खेत तथा बारीमा मकै बढ्दै गरेको र खेत-रोपाइको समय पनि नजिदै गर्दा किसानले माग गरेपछि समितिको बैठकले मलको व्यवस्था मिलाइ वितरण गरेको सहकारीका व्यवस्थापक मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सहकारीले पहिलो चरणमा किसानको लागि ८ टन युरिया, २ टन डियपी र १ टन पोटास मल ल्याइ किसानको विवरण दर्ता गरि बिक्री गरियको व्यवस्थापक पाण्डेले जानकारी दिनु भयो ।

यस सहकारीले आफ्नो वडामा मात्र बिक्रि नगरी वडा नम्बर २ चेहेमी र वडा नम्बर ३ ठुलोलुम्पेकमा आफ्नो कार्य क्षेत्र बिस्तार गरि कार्यक्रम अगाडि बढाएको सहकारीका सचिव बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस पालिकामा यसरी मल बिक्री गर्ने २ ठाउँ रहेको जस्मा रहेको अर्को हसरामा सञ्चालन भएको सचीव पाण्डेले बताउनु भयो । सहकारी सञ्चालन नहुदा यहाँका किसानहरु तानसेन अर्गली बिर्घा तथा रिडीबाट मल ल्याउने गर्दथे ।

अहिले यसरी आफ्नै घर दैलोमा मल आएर खेति-पाति गर्न पाउदा आफु लागयत सबै किसान बर्गहरुलाई सबै कुराको फाइदा पुगेको वडाका कृषकहरु अर्जुन कनौजे, हुमाकान्त पाण्डे रन्जना र खिमलाल को भनाइ रहेको छ । यस सहकारीले यति मात्र नभइ दैनिक खाद्यन सामग्री समेत बिक्रि गर्दैआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार