झुम्सामा मोटरसाइकललाई मिनि ट्रकले ठक्कर दिदा दुई जना घाइते

38
SHARES
317
VIEWS

जेठ -३०
पाल्पामा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज दिउँसो तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिदार्थ राजमार्गमा बुटवल देखि पाल्पातर्फ आउदै गरेको लु १ क १३१५ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको लु ३२ प ७११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।

दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय बिष्णु हरी पाण्डे र रुरक्षेत्र गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीया सीता पाण्डे रहेका छन् । घाइते दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ भने घाइतेहरु मध्ये बिष्णु हरी पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार