अनेरास्ववियुकाे माग सरकारी शिक्षक जनप्रतिनिधि र राष्ट्र सेवकका छाेराछाेरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर

19
SHARES
159
VIEWS

कृष्ण अन्जान
रुरु

सामुदायिक विध्यालय हरुमा सरकारी तलब भत्ता खाने शिक्षक शिक्षिका ,नीति निर्माण गर्ने जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारीका छाेरा छाेरीलाई भर्ना अभियान पुर्ण रुपमा कार्यान्वयन गरिनु पर्नेमा अनेरास्ववियुले जाेड दिएकाे छ ।
साेमवार आफ्नाे ज्ञापन पत्र सहित रुरुक्षेत्र गाउँ पालिका कार्यालयमा पुगेकाे अनेरास्ववियुकाे टाेलीले गाउँपालिकाका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश गरेकाे हाे ।

ज्ञापन पत्रमा भनिएकाे छ बिगतमा अनेरास्ववियु र गाउँ पालिका बिच सामुदायिक विध्यालय का शिक्षक शिक्षिका ,जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारी का छाेरा छाेरीलाई सामुदायिक विध्यालयमा भनागर्ने सहमति भएपनि याे माग पुर्ण कार्यान्वयन भएकाे नपाईएकाले अनेरास्ववियुले पुन गाउँपालिकालकाे ध्यानाकर्षण गर्न चाहन्छ र यदि आफ्नाे माग पूरा नभए आन्दाेलनमा जान अनेरास्ववियु वाध्य हुने छ ।

अखिलकाे श्रृँगेश्वर क्याम्पस कमिटीका अध्यक्ष उदय शर्मा ज्ञवाली र सचिव विकास ज्ञवाली काे हस्ताक्षरित ज्ञापन पत्रमा भनिएकाे छ राज्यले सामुदायिक विध्यालयकाे भौतिक सँरचना निर्माण शिक्षक दरवन्दि अन्य शैक्षिक विकास का साथै साना नानि बाबुकाे दिवा खाजामा ठुलाे लगानी गरेपनि शेक्षिक गुणस्तरीयता आउन नसकेकाे र यसवारेमा गम्भीर बन्न समेत सराेकारवाला हरुलाई आह्वान समेत गरिएकाे छ ।

काेभिड १९ काे विषम परिस्थिति गाउँ पालिकाले वैकल्पिक माध्यमबाट पठन पाठन सँचालन गरेकाेमा गाउँ पालिका लाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्रमा गरिने हरेक गतिविधिहरुमा सरकार र स्थानिय तहलाई साथ दिन समेत अनेरास्ववियु सधै तयार रहेकाे ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन अनेरास्ववियु श्रृङ्गाेश्वर क्याम्पस कमिटिका पदाधिकारी ,जिल्ला कमिटीका सदस्य हरु गाउँ पालिकामा उपस्थित भएकाे टाेलीमा सहभागी विध्यार्थी रन्जित ज्ञवालीले जानकारी दिनु भयाे ।

ज्ञापनपत्र बुझ्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले आफ्नाे तर्फबाट अनेरास्ववियुकाे ध्यानाकर्षण बारे अावस्यक कार्यान्वयनमा पहल गर्ने बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार