गुल्मीको रिमुवामा पहिरोको कारण दुई गोठमा क्षति

20
SHARES
166
VIEWS

चुरामणि तिमिल्सिना
असार -३
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा अविरल वर्षाका कारण आएको पहिरोको कारण वडा नम्बर ६ मा २ वटा गोठमा पुर्ण क्षति भएको वडा नम्बर ६ का वडा अध्यक्ष गिरी बहादुर सिन्जालीले जानकारी दिनुभयो ।

बझादिका अर्जुन गौतम र हिम बहादुरको गोठ भत्किएको हो । अध्यक्ष सिन्जालीआ अनुसार हिम बहादुरको २ वटा बोका पुरियर मरेको हो भने अन्यलाई अन्यत्र स्थानान्तरण गरिएको थियोे ।

यस्तै अर्जुन गौतमको गोठबाट स्थाननियको सहयोगमा ४ वटा भैंसी स्थानान्तरण गरि बचाउन सफल भएको पहिरो पीडितले बताए । दुवै गोठ भत्किदा झन्डै १ लाख भन्दा माथि क्षति भएको अनुमान गरिएको छ।

असार १ गते देखीको झरीका कारण अहिले रिमुवामा यस अन्य कुनै पनि घटनाहरु नभएको र सडक भने आफ्नो वडा सम्म आउने सबै ठाउँमा पानीले बगाएको र विभिन्न स्थानमा पहिरो गएको अवस्था रहेको वडा अध्यक्ष सिंजालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार