स्याङ्जाका स्थानीय तहमा कोरोना विशेष राहत कार्यक्रम

24
SHARES
201
VIEWS

मीन थापा मगर
स्याङ्जा – ६ असार २०७८
स्याङ्जा परिवार दक्षिण कोरियाले स्याङ्जाका संपूर्ण स्थानीय तहलाई सहयोग स्वरूप कोरोना विशेष राहत सामाग्री प्रदान गरेको छ ।

यहि संदर्भमा कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पताल मिर्मीलाई पनि कोरोना विशेष राहत सामाग्री प्राप्त भएको छ । राहत सामाग्री अन्तर्गत बेड , बेड सिट , सिरानी तथा बेड फम दुई / दुई थान प्राप्त भएको छ ।

आज स्याङ्जा परिवार दक्षिण कोरिया समाजको तर्फबाट भूपू सहकोषाध्यक्ष प्रकाश भट्टराई , युवराज भट्टराई , रमेश भट्टराई तथा अन्तराष्ट्रिय सहयोग समाज स्याङ्जाका पदाधिकारीहरूले कोरोना राहत सामग्री गाउँपालिका प्रमुख खिम बहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाद्वारा संचालित अस्पतालले दोस्रो लहरको कोरोनाबाट संक्रमित बिरामीको निशुल्क रूपमा सेवा गरिरहेको अवस्थामा कोरिया समाजको तर्फबाट प्राप्त स्वास्थ्य सामाग्री अस्पतालको लागि मूल्यवान सामाग्री सावित हुने अध्यक्ष थापाले बताउनुभयो ।

स्याङ्जाका नेपाली जनताहरूसँग स्याङ्जा परिवार दक्षिण कोरिया सदैव सँगसँगै रहने र स्याङ्जाका नेपाली जनताहरूको दुखेको घाउमा परिवार सदा मह्लम लगाउन तयार रहेको राहत सामाग्री हस्तान्तरण कार्यक्रमको सहजीकरण गर्नुभएका प्रकाश भट्टराईले बताउनुभयो ।

यसैबिच अस्पतालको तर्फबाट स्याङ्जा परिवार दक्षिण कोरिया समाजलाई धन्यवाद लेटर प्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार