अस्ताए सुन्दर

67
SHARES
556
VIEWS

कृष्ण अन्जान
रुरु असार-१२
रिडी बजार यतिबेला शाेकले स्तब्ध छ ।सबैका अाँखा अाँसुले भिजेका छन ।लाम लाम खाम खाम भन्ने उमेरका रिडीका हाेनहार युवा सुन्दर श्रेष्ठले रिडीवासिलाई रुवाएर विदा भएका छन ।

पवित्र कालिगण्डकीका तटमा स्वर्गीय सुन्दर श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्न पुग्नु भएका लुम्बिनी प्रदेश साँसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले बुढा उमेर पुगेका जाँदा अाफन्तलाई बिछाेडिनु पर्दा पिर त पर्छ तर झन युवाहरु प्रति श्रद्धाञ्जली दिनु पर्दा साह्रै मन पाेल्ने गरेकाे भन्दै पीडा पाेख्नु भयाे ।

रुरुक्षेत्रले एउटा हाेनहार युवा सुन्दरलाई गुमाउँदा साह्रै ठुलाे नाेक्सान बेहाेर्नु परेकाे र याे अभाव कहिल्यै पूरा नहुने साँसद श्रेष्ठले भन्नुभयाे ।

हिँजाे अपरान्ह रिडी वसपार्कमा माेटरसाईकल धुने क्रममा करेन्ट लागेर ढलेका अडतिस वर्षिय सुन्दरलाई हरेक प्रयास हरु गर्दा पनि बचाउन सकिएन ,रिडीले सुन्दरकाे रुपमा एउटा क्षमतावान युवा गुमाएकाे छ हामी यतिवेला स्तब्ध छौँ नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिकाका इन्चार्ज हिमाल श्रेष्ठले शाेक व्यक्त गर्नु भयाे ।

हुनपनि सुन्दर श्रेष्ठ प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुरै रिडीबजार कालिगण्डकी तटमा पुगेकाे थियाे ।
रिडी बजारका भुवन श्रेष्ठ रिडीका कहलिएका फाेटाे ग्राफर हुनुहुन्छ र उनै बाबुकाे पेशालाई अपनाउँदै सुन्दर ले पनि रिडीबजारमा अाधुनिक फाेटाेग्राफी भिडियाे ग्राफी सँगै खेलौना र तरकारी काे सँगै एकीकृत व्यापार गर्थे ।
तर नियतिले सुन्दर लाई यसरी खाेस्याेकी युवा अवस्थामै परिवार समाजलाई मात्रै हाेईन रिडीवासिलाई टुहुराे बनाएर गए ।

राष्ट्रिय युवा सँघ रुरुक्षेत्र गाउँपालिका सदस्य सँगै नेकपा एमालेका सँगठित सदस्य रहेका सुन्दर रिडी बजारका उर्जावान युवा रहेकाे नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका वडा कमिटी सचिव चिरन्जिवि ज्ञवालीले बताउनु भयो।

स्वर्गिय सुन्दर श्रेष्ठको पार्थिव शरिरमा नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेश सभा साँसद कमल राज श्रेष्ठ ,नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका का ईन्चार्ज हिमाल श्रेष्ठ ,जिल्ला समन्वय समितिका उपाध्यक्ष समेत रहनु भएकी एमाले नेतृ तुल्सी श्रेष्ठ र नेकपा एमाले रुरुक्षेत्र वडा न १ कमिटी अध्यक्ष नवराज विकले सँयुक्त रुपमा कम्युनिस्ट पार्टीको झण्डा अाेढाउनु भएकाे थियाे ।

स्वर्गीय सुन्दर श्रेष्ठ प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश कमिटिका सदस्य अजित श्रेष्ठ ,नेपाली काँग्रेसका स्थानिय नेता किशाेर श्रेष्ठ अमूल्य श्रेष्ठ ,राजेन्द्र राणा माअेवादि केन्द्रका फर्सुराम पौडेल नेकपा एमाले जिल्ला कमिटि सदस्य माधव ज्ञवाली ,कृष्ण अन्जान ज्ञवाली ,शम्भु ज्ञवाली का साथै नेकपा एमाले निकट राष्ट्रिय युवा सँघ नेपाल ,अनेमसँघ , अखिल नेपाल किसान सँघ ,अनेरास्ववियु का नेता कार्यकर्ता हरुकाे उपस्थिति थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार