पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

36
SHARES
297
VIEWS

असार १७
पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको माथागढी गाउँपालिका बस्ने ७८ वर्षीया बृद्वालाई जबरजस्ती करणी गरेको आरोपमा कुलो निर्माण सम्बन्धि लेबर काम गर्ने १९ वर्षका शंकर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो।

सूचना अधिकारी पचभैयाका अनुसार पक्राउ परेका बिकले मादक पदार्थ सेवन गरी ७८ वर्षीया बृद्वालाई घरमा कोहि नभएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार