चुरामणि तिमिल्सिना असार -१९
गुल्मीको रिडीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीको मुख्य आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी र रुपन्देही शाखाको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहेको थियो। वडा नम्बर १ का वडाअध्यक्ष तथा स्वास्थ्य केन्द्रका अध्यक्ष रामलाल बिक कार्यक्रममा सभापति रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष गौतमले थोपा थोपा रगतले मानिसको ज्यान बच्ने भएकोले आफ्नो क्षमता भएसम्म रक्तदान गर्न आग्रह गर्दै संस्थाको १८ औ वार्षिकोत्सब समारोह सफलताको शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा स्वास्थ्य केन्द्रका डा.विकास पन्थि नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान ,गुल्मीका नवराज मरासिनी, रिडी मविका प्रधानाध्यापक रोहित भण्डारी ,वडा नम्बर १ का वडा सचिब रामप्रसाद ज्ञवाली, स्वास्थ्य केन्द्रका सदस्य जिवन कुमार कसजु तथा वित्तिय संस्थाका प्रमुखहरु सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए। कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्रका मनोज गिरिले गर्नु भएको थियो।
Discussion about this post