चुरामणि तिमिल्सिना
असार २३ ।पाल्पाको अर्गलीमा कृषकहरुलाई मागको आधारमा कृषि उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नम्बर १४ को व्यवस्थापनमा सामग्री वितरण गरिएको वडा नम्बर १४ का वडाअध्यक्ष कमल रानाले जानकारी दिनु भयो।
कार्यक्रममा वडाअध्यक्ष रानाले ५ थान मिनि टिलर २ थान चापकटर र २ थान कम्माइन मेसिन वितरण गरिएको पनि बताउनु भयो। बिगतका बर्षहरुमा पनि उपकरणहरु बितरण गर्दै आएको र समय अनुसार माग बढेकोले क्रमश मागहरु पुरा हुने पनि समाचारमा उल्लेख गरिएको छ ।
कार्यक्रममा वडा सदस्य रमेश न्यौपाने बिष्णु प्रसाद रेग्मी , सिता ज्ञवाली , टंकी कला बिक, कृषि प्राबिधिक रमा कंडेल , वडा सचिब शंकरप्रसाद पाण्डे लगायतको सहभागीता रहेको थियो।
Discussion about this post