असार -२३
पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा नम्बर ५ बिरकोट बस्ने २६ वर्षीय सुदिप गैरे रहेका छन् ।
आज बिहान ६ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ५ चरचरे स्थित सिद्वार्थ राजमार्गमा चुन ढुङ्गा लोड गरि पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ८२० नम्बरको टिप्पर सडकबाट करिब ३०० मिटर तल खस्न जादा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो।
दुर्घटनामा परि घाइते भएका गैरेको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। दुर्घटनामा परेको टिप्पर एआरएम कन्स्ट्रक्सनको रहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post