गुल्मीको अस्लेवामा पहिरोको कारण दुई घर उच्च जोखिममा

84
SHARES
701
VIEWS

चुरामणि तिमिल्सिना
असार -२४। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवाचौरमा आज विहान पहिरो जादा दुई घर जोखिममा परेका छन् ।

वडा नम्बर १ का ६० बर्षका लिलाधर पाण्डेको घर, गोठ र ३४ बर्षकि पुनम बिकको घर जोखिममा परेको जनता माध्यमिक विध्यालयका शिक्षक तथा स्थानिय बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो।

रातिदेखि परेको अविरल बर्षाले वडा नम्बर १ कै व्याडमिन्टन् खेल मैदानमा पहिरो आउँदा खेलमैदान पुर्णरुपमा क्षति पुगेको पाण्डेले बताउनुभयो।

पुनमकै घर माथिबाट हाइटेन्सन लाइन गएकोले घर माथि पोल ढल्ने अबस्थामा रहेकोले उनको परिवारलाई घरमै पुगेर सुरक्षा सतर्कता अपनाएर बस्न आग्रह गर्दै सम्वन्धित निकायमा आफुले जानकारी गराएको स्थानिय युवा सन्तोस पाण्डेले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार