असार -२४
रोशन लामिछाने
स्याङ्जा – पालिकाको माताहातमा रहने गरी पुतलीबजार नगरपालिका–४, नागडाडामा बन्न लागेको आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । सोही स्थानका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।
जग्गाधनी प्रमाण पुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा द्धोय पोखरेललाई धन्यबाद व्यक्त गरिन् । नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरुलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताईन् । सोही अवसरमा जग्गा दाता द्धोय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गरेकी थिईन् ।
आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क रुपमा स्थानीय चुडामणी पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आजा ३ दाम जग्गा उपलब्ध गराएका हुन् । उनीहरुले मालपोत कार्यालयबाट आधारभुत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।
जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, ओजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष ओमबहादुर खड्का र सुर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्त कुमार श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा जग्गा दाता पोखरेलहरुले जग्गाको सही सदुपयोग गर्न अनुरोध गरेको पालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिए ।
Discussion about this post