चुरामणि तिमिल्सिना
असार -२६
आफ्नो सिप र कला प्रदर्शन गर्न कहिलै पनि पछि नहट्ने गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङका टिकाराम सापकोटा हुन् ।
स्थानिय भेगमा पाइने कच्चा सामग्रीबाट फुर्सदको समयमा काठ तथा अन्य सामाग्री , माटोबाट विभिन्न प्रकारका आकर्षक सामानहरु जस्तै हलो, जुवा, मदानि, बासका र्याक, डोजर ,माटाका सामान , आरी गणित तथा विज्ञान विषयमा सहजीकरण गर्ने सामानहरु ढुङ्गाका मुर्तिहरु बनाउदै आएका छन ।
अहिले कक्षा १० मा अध्ययनरत टिकारामले पालिकाकामा हुने शैक्षिक सामग्री प्रदर्शन कार्यक्रम तथा बिद्यालय तहमा हुने चित्रकला प्रतियोगितामा भाग लिएर विजेता समेत बन्दै आएका छन् ।
कहिलेकाहीँ फुर्सद हुँदा युटुब हेरी अन्य सामग्रीहरु बनाउन आफू लागि परेको टिकारामले बताउनुभयो ।
आफ्नो कला देखेर विद्यालयमा संगै पढने बिद्यार्थीहरुले आफु हरुलाई पनि सिकाउन आग्रह गरे अनुसार जानेको सीप सिकाउन आफू कहिलै पछाडी नपरेको सापकोटाको भनाइ रहेको छ।
उनले बिद्यार्थी संग अदभुत कला हुन्छन तर बाहिर प्रस्फुटन गर्न गाह्रो भएकोले अनेक प्रकारका प्रतिभाहरु भित्र-भित्रै लुकेर बसेको हुनाले राज्यले प्रतिभालाई उजागर गर्न खोजमुलक कार्यक्रम गर्नु पर्ने आवश्यकता रहेको बताए ।
सापकोटा चित्र कला मात्र हैन – सापकोटा वाककला तथा बौद्धिक क्षमतामा पनि उत्तिकै अगाडि रहेका छन् ।
Discussion about this post