कृषिविकास बैंक रिडीशाखाद्वारा ऋिषीकेश मन्दिरलाई ६० हजार प्रदान

32
SHARES
264
VIEWS

चुरामणि तिमिल्सिना

असार -२६
गुल्मी -कृषि विकास बैक रिडी शाखाले रुरुक्षेत्र हुषीकेश मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मन्दिर व्यवस्थापन समितिको सचिवालय निर्माण कार्यको लागि ६० हजार रुपैयाँ औपचारिक समारोहका बीच व्यवस्थापन समिती परिवारलाई हस्तान्तरण गरेको बैंकका प्रवन्धक डोलराज पाठकले जानकारी दिनुभयो।

औपचारिक कार्यक्रममा मन्दिर समितिका अध्यक्ष पर्शुराम भट्टराई, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , सचीव पुजारीपदम प्रसाद भट्टराई , कोषाध्यक्ष भानुभक्त पाण्डे, सदस्य तारा प्रसाद सुवेदी,शंकर ढेगा,सुरक्षा निकाय तथा बैंकका कर्मचारी लगायतको सहभागीता रहेको थियो।

सहयोग बुझ्दै अध्यक्ष भट्टराईले धार्मिक क्षेत्रमा सहयोग प्रदान गर्नुभएकोमा धन्यवाद दिदै आगामी दिन्हरुमा पनि यस्तै रचनात्मक कार्यमा बैंकको ध्यान जाने छ र प्रचारप्रसारपनि हुने जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार