फेदिखोला स्याङ्जाका तीन जनाकोरोना संक्रमित निको भए

41
SHARES
109
VIEWS


भदौ-१ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका तीन जना निको भएका छन् ।

गत असार २६ गते भारतबाट सुनौली नाका हुँदै आएका ४ जना फेदीखोला स्थित गाउँपालिकाले व्यवस्थापन गरेको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिम २७ गतेबाट बसेका थिए । उनीहरुमा साउन ६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

पुन अर्को परीक्षणका क्रममा उनीहरुको रिर्पोट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले रेडियो बाराहीलाई जानकारी दिए । सोही दिन उनीहरुसंगै आएका एक पुरुषको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएसंगै यस अघि नै घर फर्किसकेका छन् ।

अध्यक्ष सुबेदीका अनुसार गाउँपालिकाले नै व्यवस्थापन गरेर तयार पारेको भाटखोला स्वास्थ्यचौकी स्थित आइसोलेसन कक्षमा एक जना भने उपचाररत रहेको छन् । संक्रमितको व्यवस्थापनमा खटिने क्रममा संक्रमण पुष्टि भएका वर्ष २७ का पुरुषको भने पुन: गरिएको परीक्षण रिर्पोट नेगेटिभनै रहेको बताइएको छ ।

कोरोना निको हुनेहरु सोही गाउँपालिकाका वर्ष ३१, ३८ र ५७ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुलाई सोमबार बिहान गाउँपालिकाले आफ्नै गाडीमार्फत घरसम्म पुर्याउने व्यवस्था गरेको छ ।

हाल गाउँपालिकामा विभिन्न तेस्रो मुलुकबाट आएका ४ जना क्वारेन्टिनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार