महिला जनप्रतिनिधीहरुलाई क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

17
SHARES
140
VIEWS

स्याङ्जा -असार-२९। पुतलीबजार नगरपालिकाका महिला जनप्रतिधिको एक दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ । पालिकाका महिला जनप्रतिनिधिहरुलाई सक्रिय तथा सचेत बनाउने उद्देश्यले क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले महिला जनप्रतिनिधीहरुलाई जागरुक तथा सक्रिय बनाउन क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताईन् । नगरप्रमुुख क्षेत्रीले महिला जनप्रतिनिधिहरुलाई कार्यक्रममा जानेबुझेका कुरा व्यवहारमा लागु गर्न सुझाईन् । उनले समाजको परिवर्तन महिलाले गर्ने हुन सबै महिलाहरुलाई व्यवहारिक कार्यक्रम आवश्यक गरेको बताईन् ।

कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा र महिला तथा बालबालीका शाखा प्रमुख ठगीकुमारी खनाल लगाएतले समाज परिवर्तनका सम्वाहक महिला भएको बताउदै महिलाका हक र अधिकारहरु बढाउन जोड दिए । उनीहरुले महिलाको पक्षमा बोलेका थिए । क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा पालिकाका २४ जना महिला जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा कानुन साक्षरता सम्बन्धी पालिकाका राजश्व शाखाका प्रमुख कपिल गिरीले र लंैगिक हिंसा र अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले कक्षा संचालन गरेका थिए । त्यसैगरी सूचना प्रविधी सम्बन्धी पालिकाका सूचना प्रविधि अधिकृत मुक्त गुरुङले र उद्घोषण र सार्वजनिक बक्तव्य सम्बन्धी रेडियो स्याङजाका स्टेशन म्यानेजर रमेश गोदारले कक्षा लिएको पुतलीबजार नगरपालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार