नेपालमा थप २,९३६ जनामा कोरोना संक्रमणको पुष्टि

15
SHARES
127
VIEWS

साउन -१। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज पीसीआर र एन्टीजेन गरि १४ हजार १८३ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ९६१३ र ४५६९ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १७७५ जना निको भएका छन् भने ४३ जना संक्रमितको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । अहिलेसम्म ६ लाख २८ हजार २४३ जना संक्रमित निको र ९ हजार ५०६ जना संक्रमितको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार