नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलद्वारा गुल्मीमा स्वास्थ्य सामग्री प्रदान

18
SHARES
153
VIEWS

चुरामणि तिमिल्सिना
गुल्मी –
साउन -१ नेपाल सरकार पूर्व मुख्य सचिब लिलामणि पौडेल स्वास्थ्य सामग्री लिएर आफ्नो गृह जिल्ला गुल्मीमा बिहिबार आइपुग्नु भएको छ ।

कोरोना भाइरसले ग्रसित भएको आफ्नो जिल्लामा माक्स, अक्सिजन कन्सिटेटर लगायतका समाग्री जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा आफू स्वयं पुगेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी लिलामणि पौडेलले जानकारी दिनुभयो।

वितरण गर्दै प्रमुख अतिथी पौडेलले कोरनाबाट जोगिन मुख्य रुपमा माक्स र सेनेटाइजर प्रयोग गर्ने साबुन पानीले हात धुने र भिड भाडमा नगएमा कोरनाबाट वच्न सकिने बताउदै आगामी समयमा थप यश प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

जिल्लाको रुरु प्राथमिक स्वास्थ केन्द्रमा भएको औपचारिक कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष रामलाल बिक, सामाजिक विकास मन्त्रालयका पूर्वस्वकीय सचिब यदु ज्ञवाली, सामाजिक अभियनता नारायण पौडेल , ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बम , पर्सुराम भट्टराई , समितिका उपाध्यक्ष चन्द्रलाल कसजु, सदस्य जीवन कुमार कसजु र रुरुका युवाहरु लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यलयका डा. बिकास पन्थिले स्वास्थ्य संस्थाले गरेका गतिबिधी प्रस्तुत गर्दै स्वागत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण मनोज गिरिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार