रुखबाट लडेर घाइते भएका गुल्मीका प्रताप मगरलाई आर्थिक सहयोग

21
SHARES
175
VIEWS

चुरामणि तिमिल्सिना
गुल्मी
-साउन -१।गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १रिडी बजार निवासी प्रताप मगरको असार २४ गते आँप टिप्ने क्रममा बुटाबाट खसेर हात खुट्टामा गम्भीर चोटपटक लागेपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्र्का डा. बिकास पन्थी, वडा नम्बर १ का वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष रामलाल बिकको विशेष पहलमा रुरु फ्रेन्डस क्ल्लबको एम्बुलेन्स मार्फत पाल्पा पठाइएको थियो ।

हात र खुट्टामा गम्भीर चोटपटक लागेका प्रतापलाई निशुल्क उपचार गराउन युनाइटेड मिसन अस्पताल पाल्पालाई परिवारको दयनीय अवस्था भएको लिखित पत्र समेत पठाए पछी सम्पुर्ण उपचार निशुल्क गरिदिने डा. पन्थिले जानकारी दिनुभयो। यता खानपान तथा यातायात खर्चको लागि भन्दै डा. बिकासको पहलमा स्वास्थ्य कर्मचारी डा. र कार्यलयको केही सहयोग , स्थानियको सहयोगमा जुटेको रकम रु २५९४५ रुपियाँ प्रतापकी धर्मपत्नी पार्बती थापालाई अस्पतालमै गएर आफुले हस्तान्तरण गरेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार