शुक्र, साउन १५, २०७८
शुक्र, साउन १५, २०७८

आज सुनको मुल्यमा प्रती तोला २०० वृद्धि

साउन-४। नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार