पाल्पामा एक महिला झुन्डिएर मृत अवस्थामा फेला

33
SHARES
273
VIEWS

साउन -५
पाल्पामा झुन्डिएर मृत अवस्थामा एक महिला फेला परेकी छिन् । जिल्लाको रैनादेवीछहरा गाउँपालिका वडा नम्बर ८ सत्यवती बुढीदमार बस्ने ३३ वर्षीया तारा कुमारी नेपाली मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो। हिजो दिउँसो करीब ४:२० बजेको आफ्नै घरको माथिल्लो तलाको धुरीबलोमा प्लास्टिकको डोरी पासो लगाइ मृतअवस्थामा नेपाली फेला फेला परेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार