गुल्मीको सत्यवती गाउँपालिकामा अनलाइन दर्ता सम्बन्धि तालिम सम्पन्न

15
SHARES
122
VIEWS

चुरामणि तिमिल्सिना
साउन -५। गुल्मीको सत्यवती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत दर्ता प्रणाली सुदृढीकरण आयोजना अनलाईन प्राणाली सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । २ दिन सम्म संचालित तालिममा आठ वडाका वडा सहायकहरुको सहभागीता रहेको थियो। प्रशिक्षण कार्यक्रममा विभिन्न फारमहरु भर्न , गतिविधि प्रष्ट खुलाएर अनलाइन गर्न हरेक विषय बस्तु नागरिकलाई बुझाएर समावेस गर्न लगायतका विषयवस्तु हरुमा प्रशिक्षण दिइएको थियो । तालिम अवधभर जगत गाहा र धन बहादुर रानाले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षण कार्यक्रम पालिकाका अध्यक्ष पारीस्वर ढकालको अध्यक्षतार उपाध्यक्ष सुवर्ण शेरचन शाही र प्रमुख प्रशासकिय अधिकृत झवीस्वर रेग्मी विशिष्ट अतिथी रहनु भएको थियो। तालीममा अध्यक्ष ढकालले तालिम सिकेका कुराहरूलाई फिल्डमा गएर उतार्न सकेमा मात्र तालिमको महत्त्व हुने साथै दीर्घकालीन योजना बनाउन ठूलो योग्दान गर्ने भएकोले अनलाईन प्रणालीलाई जस्ताको त्यस्तै फारमहरु समावेश आग्रह गर्नु भयो । कार्यक्रमको सञ्चालन सुभाष आचार्यले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार