पाल्पामा जबरजस्ती करणी गर्ने पुरुष पक्राउ

55
SHARES
458
VIEWS

साउन -५
पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका पाल्पाका ४४ वर्षका अर्जुन बिक रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसर अर्जुन बिकले जबरजस्ती करणी गरेकोकारण ३४ वर्षकी अविवाहित महिला गर्भवती भएकोले आफ्नै घरमा जन्माएकी थिइन् । अविवाहित महिलाले जन्माएको शिशु लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा साउन ४ गते मृत्यु भए पश्चात् घटना बाहिर आएको थियो । पीडित महिलाले साउन ४ गतेनै जबरजस्ती करणी गरेको जाहेरी दर्खास्त दिएको कारण बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।

प्रहरीले आरोपित बिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार