जङ्गलमा स्याउला लिन गएका एक युवा मृत अवस्थामा फेला

23
SHARES
190
VIEWS

साउन -८
पाल्पा- जङ्गलमा स्याउला लिन गएका एक युवा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ ठिमुरे बस्ने ३५ वर्षका चिरञ्जीवी राना आज बिहान गैरा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो।

सूचना अधिकारी एवम् प्रबक्ता त्वातीका अनुसार आज बिहान रक्सी पार्ने गैरा खोलामा मृत अवस्थामा फेला परेका राना मगर हिजो दिउँसो २:३० बजेको समयमा स्याउला लिन भनेर जङ्गल गएका थिए। बेलुका सम्म घर नफर्केका राना मगरलाई खोजतलास गर्ने क्रममा स्थानीय बासिन्दाले गैरा खोलामा मृत अवस्थामा फेला पारेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार