रोशन लामिछाने
साउन -८
स्याङ्जा – पुतलीबजार नगरपालिका–३, निरविरेमा एक कार्यक्रमका विच आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिकाको स्वास्थ्य संस्था नभएका स्थानमा स्वास्थ्य संस्था निर्माण गर्ने कार्यक्रम अनुसार निरविरेमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो । आधारभुत स्वास्थ्य केन्द्रको उद््घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुुख सिमाकुमारी क्षेत्रीले मानिसको पहिलोे आवश्यकता गास बास र कपास शिक्षा स्वास्थ्य रहेको बताउदैै स्वास्थ्यको पहुँच गाउँगाउँमा पु¥याउन स्वास्थ्य संस्थाको उद्घाटन गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले गाउँ गाउँमा विकास पुगेको बताउदै पुतलीबजार नगरपालिका बाटो निर्माणमा समेत लागेको बताउनुभयो । उहाँले पालिकाले बेरोजगार युवायुवतीहरुलाई रोजगार दिन विभिन्न कार्यक्रम ल्याएको बताउदैै पालिकाका कार्यक्रमहरुमा जोडिन अनुरोध गर्नुुभयो । कार्यक्रममा प्रमुुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मालले पालिकाले विभिन्न कार्यक्रमहरु शुरु गरेको बताउदै पालिकाका कामहरु सग जोडिएर सहयोग गर्न नगरवासीहरुलाई अनुरोध गर्नुभएको थियो । १ तले ४ कोठाकोे आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा समाजसेवी दिर्घनारायण शर्मा, नेकपा एमालेका टेकबहादुर भुजेल, नेपाली कांग्रेसकी खेम कुमारी मरासिनी, जग्गा दाता स्थानीय केशव प्रसाद मरासिनी लगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा जग्गा दाता केशव प्रसाद मरासिनी, समाजेवीहरु दीर्घनारायण शर्मा र पानु शर्मालाई खादा र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । वडा अध्यक्ष अमृत प्रसाद श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न स्वास्थ्य संस्थाको भवन उद्घाटन कार्यक्रमको संचालन वडा सचिव लिलाम्बर ढुंगानाले गर्नुभएको पालिकाका प्रेस संयोजक रोशन लामिछानेले जानकारी दिनुभयो ।
Discussion about this post