लकडाउन खुला गरिए संगै गण्डकी प्रदेशमा पनी दिन प्रतिदिन कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा एकै पटक १७ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका ११ जना , नवलपुरका एक जना , लमजुङका एक जना , तनहुँका दुई जना , बाग्लुङका एक जना र स्याङ्जाका एक जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १७५६ पुगेको छ।
Discussion about this post