साउन -१२
काठमाडौ -कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। पबित्र महिना श्रावणको सोमबार पारेर मनोहरा जेसिजले जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा सोमबार बिहान उक्त स्थानमा वृक्षारोपण गरिएको हो। स्थानीय दर्सनार्थिहरुको उपस्थितिमा हरियाली प्रवर्धन तथा रमणीय बनाउने उदेश्य सहित लागि धार्मिक पर्यटकीय स्थल कागेश्वरी धाम क्षेत्रमा करिब २०० भन्दा बढी रुद्राक्ष, आप, समि, लगाएत प्रजातिका बिरुवा वृक्षारोपण गरिएको मनोहरा जेसिजका मिडिया तथा प्रेस संयोजक एबम् बृक्षरोपण कार्यक्रमका संयोजक उमेश भट्टराईले जानकारि गराए ।
कार्यक्रममा बोल्दै मनोहरा जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि सागर रोक्काले दिगो विकासको लक्ष्य प्राप्तिका लागि जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्ने तथा पर्यावरणीय संरक्षण गर्दै बातावरण सन्तुलन कायम राख्न पनि वृक्षारोपण गर्नु आवश्यक भएकाले वृक्षारोपण कार्यलाई निरन्तरता दिने बताए।
जन सुरक्षा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अमित ब्रम्हशाखाको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोहरा जेसिज बर्ष २०२० का अध्यक्ष जेसि निसान्त गौतम, कृषि सहकारीका प्रवन्धक सुमन ब्रम्हशाखा लगाएत दुबै सस्थाका पदाधिकारी तथा सदस्य हरुले वातावरण संरक्षण, धार्मिक पर्यटकिय क्षेत्रको प्रवर्द्धनका बारेमा आफ्नो धारणा राख्नु भएको थियो।
Discussion about this post