साउन -१२
पाल्पामा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आज बिहान ८:५० बजेको समयमा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर १ अगाहखोला स्थित सिद्वार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको ग २ च २०९४ नम्बरको कार एकआपसमा ठोक्किदा ट्रक १०० मिटर तल खस्दा ट्रकमा सवार ४ जना घाइते भएका हुन् । दुर्घटनामा परि घाइते हुनेहरु भारतका जिपरुला अन्सारी , नाजिर अन्सारी,गुल्सन अन्सारी र मिराज अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। घाइते सवैको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भैरहेको र ४० वर्षिय जिरुला अन्सारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post