गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु ( नामावली सहित )

62
SHARES
516
VIEWS

साउन -१३। गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरकाे जिप मुसिकाेट नगरपालिका ४ भङ्ल्याङमा दुर्घटना हुदाँ चन्द्रकाेट गाउँपालिका ५ हरेवा बस्ने ४४ वर्षका रेशम कार्की, चन्द्रकाेट गाउँपालिका ४ शान्तिपुर घर भई चन्द्रकाेट गाउँपालिका ५ हरेवामा हाेटल गरी बस्ने ४३ बर्षका तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडा बस्ने ६२ बर्षकी सुनिता बिककाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
घाइते मध्ये जिल्ला अस्पताल तम्घासमा उपचारकाे लागि चन्द्रकाेट गाउँपालिका ७ दमुका बस्ने २३ बर्षका मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ बर्षकी रमिला भण्डारी, चन्द्रकाेट गाउँपालिका ७ रूपाकाेट बस्ने ३३ बर्षका गाेकुल भण्डारीलाई पठाइएको छ । त्यस्तै पाल्पामा उपचारकाे लागि चन्द्रकाेट गाउँपालिका ६ हरेवा बस्ने २० बर्षका बिनिता परियार, चन्द्रकाेट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका बम बहादुर बिक, चन्द्रकाेट गाउँपालिका ४ शान्तिपुर बस्ने ३९ बर्षका गगन क्षेत्री र चन्द्रकाेट गाउँपालिका ८ मजुवा बस्ने ४५ बर्षका सुनिल बिकलाई पाल्पामा उपचारका लागि पठाइएको छ । जीप चिप्लाे बाटो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार